यस्तो छ ‘गोर्खा वारियर’को ट्रेलर



काठमाडौं । केही महिनाअघि लण्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा मलायामा गोर्खालीले लडेको साहसी युद्ध देखाइएको छ । साढे दुई मिनेट लामो ट्रेलरले गोर्खा सैनिकको वीरता बोल्छ । मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भूमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ ।

फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’का सचिन गोलेले स्वरांकन गरिरहेका छन् । दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र त्यसले युद्धमा लड्ने शैनिकको परिवारमा पारेको प्रभाव फिल्ममा चित्रण गरिएको छ ।

सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् । कार्यक्रममा निर्देशक मिलन चाम्सले नेपाली फिल्मलाई ‘गोर्खा वारिअर’ मार्फत आफूले विश्वमा चिनाउने प्रयास गरेपनि फिल्मकर्मीबाट साथ र सहयोग नपाएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण

‘मनसरा’ को नयाँ गीत ‘एक तार मनको’

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक गरिएको

‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’

नेपाल र कोरिया सम्बन्धको स्वर्णजयन्तीका अवसरमा ‘साराङहेयो’को आयोजना

  काठमाडौँ ।  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका