‘मुटुको ४ आना’ मा रेखा र पुजाको चमक



काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ गीतमा समीक्षा अधिकृत तथा महेन्द्र बिकेको स्वर छ ।

चलचित्रमा सार्वजनिक गीत, पछिल्लो समय चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र मुक्ता उदासको शब्द रहेको छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोदकुमार पौड्याललाई फिचर गरिएको छ । निर्देशक देउजाले ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएको र यसमा रोमान्टिकदेखि रोमान्टिक सबै कुराको मिश्रण रहेको बताए ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘उपहार’मा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री थापाका श्रीमान बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा सुलभ प्रतीक र समीक्षा देउजा निर्माता रहेका छन् ।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरे, अर्जुन पोखरेल र बाबुल गिरीको छायाँकन, मित्र दी गुरुको सम्पादन, सुलक्षण भारतीको कथा, पटकथा तथा संवाद भारतीको साथमा अभिमन्यु निर्वी र माधवको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी