‘सम्झन्छु म तिमीलाई’ मा रोमान्टिक अवतारमा देखापरे रबिन र सोफी



काठमाडौँ । गायक रविन बर्तौलाको ‘सम्झन्छु म तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुखमा साथ दिने प्रेमीको चाखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् ।

उनीहरुको यो प्रेम रोमान्स हेर्दा लाग्छ यो अभिनय नै नभएर यर्थाथ संसारको एउटा हिस्सा नै हो । भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इन्जिनियर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी