चलचित्र ‘जम्प’को ‘फेरि फर्किन्छ’



काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा भाष्कर स्वर र विशाखा चन्दको स्वर छ।

गीत गायक स्वरकै शब्द तथा संगीतमा बनेको छ । गीतको भिडियोमा फिल्मका प्रायः कलाकाराई देख्न सकिन्छ। फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल कँडेललगायत कलाकारको अभिनय छ ।

आशुतोष ध्वज कार्कीको डेब्यु निर्देशित फिल्म साइकोलोजी थ्रिलर जनरामा बनेको छ। निर्देशक कार्कीकै लेखन रहेको फिल्म मंसिर २९ मा प्रदर्शन हुनेछ ।

कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता इशा खड्का हुन्। फिल्म क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,