काठमाडौं महानगरको आयोजनामा बाँसुरी वादन प्रतियोगिता हुने



काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । इच्छुक समूहले फाराममा नां (नाम), थाय्वाय् (ठेगाना) सहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठूलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्छ । दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनु पर्छ ।

प्रतियोगितमा सहभागी हुने सर्तका विषयमा जानकारी दिँदै स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकार भन्छन्, ‘प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (सृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ ।’

मुनिकारकाअनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ ।

२ जनाले पछिमा, खिं /कोचखिं, धाः /नायखिं / मादल /धिमे / धोलक /नगर वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन् । यस्तै २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँछन् ।

प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ ।

एउटा धुन ५ मिनेटभित्र सक्नु पर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ ।

प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ र शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ ।

सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद र प्रमाण पत्रसँगै सबै सहभागीलाई प्रमाण पत्र दिइने मुनिकारले जानकारी दिए । प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को