‘फर्की फर्की’को शुभ मुहूर्त



काठमाडौँ । चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त गरिएको छ। शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा बिहान शुभ मुहूर्त गरिएको हो । लभस्टोरी जनरामा बन्ने भनिएको चलचित्रमा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिका रहनेछन् ।

अन्य कलाकार कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे, प्रेम पाण्डे र नयाँ कलाकार समृद्धि अर्याल, रवि काफ्लेलगायतको अभिनय रहनेछ।

चलचित्रको सुयोग गुरुङले निर्देशन गर्नेछन् । चलचित्रको छायाँकन मंसिर ११ मा पोखराबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। काठमाडौँ र पोखरालगायत क्षेत्रमा नरेन्द्र मैनालीले छायाँकन गर्नेछन्।

चलचित्रमा निर्देशक सुयोगकै कथा तथा पटकथा रहनेछ । टिमले यसअघि आगामी जेठ ११ गतेलाई प्रदर्शन तोकिसकेको छ। चलचित्र रोहित अधिकारी र ओम अग्रवालको लगानीमा निर्माण हुनेछ । निमेष श्रेष्ठको सम्पादन गर्ने चलचित्रमा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा दक्षिण अफ्रिका र बोत्स्वानाका कलाकारहरु प्रस्तुती देखाउँदै

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका १५ मा शुक्रबार देखी सुरु

यस्तो छ ‘महाजात्रा’ को ट्रेलर

काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘गुनासो’ गर्दै आइन् सरला

काठमाडौं । गुनासो छैन भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी

‘उपहार’मा ग्ल्यामर अवतारमा रेखा

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले