नारायण रायमाझीको ‘न भुल्नु ए साथी’



काठमाडौं । सफलतापूर्वक प्रदर्शनरत फिल्म ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रवीण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ ।

गीतमा केकी अधिकारी, प्रकाश सपुत लगायत फिचर्ड छन् । गीतमा परिच्छेद सेनको कोरियोग्राफी छ । फिल्ममा प्रकाश सपुत, दिलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ । फिल्मका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत