यस्तो छ ‘देव वाणी’को फर्स्टलुक पोस्टर



काठमाडौं । आगामी पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्धाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायाँकन गरिएको हो ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए । फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव, अपार गुरुङ र हुन् । फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।

मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सनको काम भैरहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलरग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘जम्प’को ‘फेरि फर्किन्छ’

काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा

‘भूठान’को मुख्य भूमिकामा हरिवंश आचार्य

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र

पूरा गरिँदै स्वर सम्राटका सपना

काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको