परदेशीको पीडा र बाध्यतालाई समेटिए नयाँ गीत सार्वजनिक



काठमाडौं । ‘परदेशी–२’ फिल्ममा समावेश नयाँ गीत ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको गीतमा परदेशीको पीडा र बाध्यतालाई समेटिएको छ ।

गीतमा प्रशान्त तामाङले स्वर दिएका छन् । बिबी अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् । भिडियोमा फिल्मका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।

नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले संयुक्त निर्माण गरेका हुन् ।

प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतले फिल्ममा अभिनय गरेका छन् ।

गीतकार रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको कथा बोकेको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘जम्प’को ‘फेरि फर्किन्छ’

काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा

‘भूठान’को मुख्य भूमिकामा हरिवंश आचार्य

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र

पूरा गरिँदै स्वर सम्राटका सपना

काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको