नेपाली सेनाको योगदान झल्काउने गीत



 

काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो)  सार्वजनिक गरिएको छ ।

मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा म्युजिक भिडियो विमोचन गरे   गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे  वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत कृतिमा सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।

नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को छायाचित्रमा प्रस्तुत गरिएको छ ।

स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गीतलाई नै अहिले म्युजिक भिडियोमा उतारिएको हो । उनका शब्दलाई शोभन सायजुले छायाँचित्र र युवा सङ्गीतकार राजेन्द्र बजगाइँले लय दिएका छन्  । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गरेको गीतमा सुभाष तिमिल्सिना,  गीता पाण्डेलगायत गायकका  स्वर छन् ।

सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपतका समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिए ।

“सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन,  राज्यको अखण्डता जोगाउने मूल खम्बा हो”,शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भने, “वीर पुर्खाको  योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ।”

उपप्राध्यापक हेम भण्डारीले गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा  मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिए ।

म्युजिक भिडियो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गीत र छायाचित्रमा समावेश गरिएको जानकारी दिनुभयो ।  सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘जम्प’को ‘फेरि फर्किन्छ’

काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा

‘भूठान’को मुख्य भूमिकामा हरिवंश आचार्य

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र

पूरा गरिँदै स्वर सम्राटका सपना

काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको