‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक



काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा चलचित्रमा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।

चलचित्र ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यही चलचित्रमार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् ।

निर्देशक भट्टराई स्वयंको कथा रहने यो चलचित्र क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो । चिलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परदेशी छुकछुके रेलैमा’ प्रकाश सपूत र केकी अधिकारीको जोडी

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ

‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ ले कस्तो गर्दैछन् व्यापार ?

  काठमाडौँ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक

‘वानर सेना’को विशेष शो

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’वानर सेना’को विशेष शोको

नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने