शीर्षक परिवर्तन गरेर ‘एक भगवत् गीता’ को प्रदर्शन गर्ने सहमति



काठमाडौँ । चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।

यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्ष बीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले जानकारी दिए ।

“हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो”, बोर्ड अध्यक्ष केसीले भने । निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिए । उनले भने, “सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पुर्याएको छैन ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत