चलचित्र ‘एक भगवत् गीता’को सेन्सर अनुमति नदिँदा झरना थापा तनावमा



काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’ की निर्देशक झरना थापाले आफूहरुले निर्माण गरेको चलचित्रको सेन्सर अनुमति नदिइएर चलचित्र विकास बोर्डले तनाव दिएकको बताएकी छन् । मध्यरातमा सामाजिक संजालमार्फत थापाले यसैको चिन्ताले गएराति निदाउन नसकेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु । आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ।’

यस्तो झरना झापाको फेसबुट स्टाटस

मध्यरातमा मैले आज यो लेखिरहँदा धेरै जना निदाई सक्नुभएको होला । कति जना अझै निदाउनु भएको छैन होला । मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु । प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन, हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस । मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ । प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहें । मैले पनि दिनरात, झरीबादल, घर परिवार नभनी हजुरहरुलाई मनोरंजन दिन अथक काम गरिरहें । सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु । म जहाँ छु, जे छु, जस्तो छु , म नेपाली जन र नेपाली मनको आशिर्वादले छु । यही प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिंडिरहेकी छु । मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शकहरुको खुसी हो , त्यसबाहेक केही छैन ।

मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरुको माया र स्नेह निरन्तर पाइरहेको छु । यही क्रममा समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं । चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम “एक भगवत गीता “ राख्यौं । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखन्ड़ता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन । हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसकेपछि चलचित्रको नाम माथि प्रश्न उठाइयो । हामीले उठेका प्रश्नहरुको विनम्रतापूर्वक उत्तर दियौं । हामीले हाम्रो चलचित्रमा हिन्दू पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्यौं । चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं । अझ चित्त नबुझे रिलिज पूर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं ।

प्रिय दर्शकबृन्द, मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैंमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवतगीताको अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन र निर्क्योल भोलि आज गरिने भनेर भनिएको छ । आफ्ना सारा स्रोत सम्पति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ । थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखासम्म आउन पाउँछ कि पाउदैन । थाह छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउदैन । सत्य बोलिरहँदा पनि सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नु होला नि हैन ?
मैले मेरो फैसला मेरो भगवानको हातमा छोडिदिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत