सारुक आत्महत्या प्रकरणबारे नम्रताः ‘मेरो मौनतालाई कमजोरी नठान्नु’



नम्रता श्रेष्ठ ।
सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार, इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार ।

धेरै समयपछि सामाजिक सञ्जालमार्फत केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जाँदैछु । सन्दर्भ नेपाली चलचित्र ‘मायाँ’ छायङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुःखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । उनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ. ।

यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दछु । यो धटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भएँ । सामान्य अवस्थामा पनि त्यतिसारो मिडियामा आउने मान्छे होइन म । तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो ।

मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसिमको हर्कतलई नजिकबाट नियालिरहेका थियौं । एक जना महिला भएकै कारण यतिधेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ । .मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु । म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाँच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिँड्न को लागि आग्रह गर्दछु । थुप्रै मिडयाहरुबाट कल आएको थियो मेरो फोन मेरो दादासँग हुन्थ्यो ।

अहिले पनि मेरो परिवारले नै ह्यान्डल गर्नु हुन्छ तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन । मैले विभिन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थें तर विगतमा मैले दिएको अन्तरवार्ताहरुलाई विभिन्न कुरा जोडेर तोडमोड गरियो ट्रोल बनाउने प्रयास भयो । त्यसकारण यस बखत टेलिभिजन अन्तरवार्तामा आइनँ । आवश्यक पर्दा दिउँला त्यसमा कुनै संकोच छैन ।

यो घटनासँग जोडीएका फेब्रिकेटेड समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्नेनै छ । म यस चलचित्रको एक कलाकार पनि थिएँ । सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ ।

आत्महत्या जस्तो संवेदनशील बिषयलाई ग्लोरीफाई गर्नु उचित हुँदैन ।! पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधैं सम्मान गर्छु । स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो । तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटनापछि भ्यूजका लागी जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म घोर भर्त्सना गर्दछु ।

यो किसिमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देश विदेशमा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहनु हुन हार्दिक अनुरोध गर्दछु । म आफैं पनि मेन्टल हेल्थको सर्भाइभर र एभभोकेटसमेत भएकोले मैले सोचें कसैको यस्तो संवदेनशील बिषयलाई मिडियामा ल्याउन उचित ठानिन । म टोटल्ली घर अनी हस्पिटलतिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिँजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाई बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त व्दिेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ।

तर कतै भिजिट गरेको देखिन्न त भनेर सरप्राइज हुनु भयो । चलचित्र मेकिङ टिम र मृतकका परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।

म आफू बिरामी नै थिएँ परिवारकै रेखदेख मा रहें । जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त प्रहरी कार्यालय हाजिर भएँ । यो घटना सम्बन्धि डिटेल सोधपुछ भयो जे जे यथार्थ थियो र हो सबै बताएँ सो चलचित्र को मेकिङ टिम, कलाकारहरु सबै जनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ. । किनकी सो चलचित्रको कलाकार म मात्र थिइनँ । नेपाल प्रहरी विश्व कै टप पाइभ अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ । आशा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दुधको दुध पानीको पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौं ।
’कोही अपराधी नउम्क्योस् निर्दोष नफसोस् ’ भन्ने भनाइ हो ।

जहाँसम्म कालो बोका र बुटीको कुरालाई फण्डा बनाइएको थियो अलिे को एक्काईसौं सताब्दीमा आएर यस्तो रुढीवादी कुरागर्नु कतिको युक्तिसंगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो सबैलाई धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं, पुजा गर्ने गुरुको कुरा छ जुन चर्चाको नाम थियो उहाँलाई समेत प्रहरी प्रशासनले पहिलेनै बयान लिइसकेको छ । अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं ’जस्टिस फर सारुक’ निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सहयोग रहनेछ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् । चलचित्र मेकिङ टिम र मृतकको परिवारहरु प्रति मेरो भन्नु केही छैन, प्रशासनलाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यवाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’

नेपाल र कोरिया सम्बन्धको स्वर्णजयन्तीका अवसरमा ‘साराङहेयो’को आयोजना

  काठमाडौँ ।  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका

स्वरुपराज आचार्यको ‘सम्हालेर राखेको छु’

काठमाडौं । सुरेन्द्र दियालीको ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित

  मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले नौ जनालाई सम्मान गरेको