टंक बुढाथोकीले ल्याए सात भाषामा ‘धन्यवाद’



काठमाडौँ । गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा तयार गरेका छन् । सार्वजनिक गरिएको ‘धन्यवाद’ बोलको गीत नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी भाषामा तयार गरिएको छ । आफ्नै सङ्गीत र शब्द रहेको गीत गायनमा अनु चौधरीले साथ दिएको गायक बुढाथोकीले जानकारी दिए ।

‘एक वर्षदेखि गरेको मेहनतले आज मूर्तरुप आएको छ । यी गीतमार्फत हाम्रो संस्कृतिलाई पनि प्रवर्द्धन गर्ने कोसिस गरेको छु’, गायक बुढाथोकीले भने, “सबै भाषाको ज्ञान नहुँदा केही समय लम्बिएको हो । मैले पनि पचासभन्दा बढी पटक अभ्यास गरेर गएको हुँ ।’

अडियोसँगै सम्पूर्ण भाषाको भिडियो पनि तयार गरेर सार्वजनिक गरिएको छ । कार्यक्रममा उपस्थित गीत तथा भिडियोसँग जोडिएका सदस्यहरूले धेरै भाषामा गीत तयार हुँदाको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको