लघु चलचित्र ‘लिलामी’ युट्युवमा हेर्न पाइने



 

काठमाडौँ । नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिनुभयो ।

लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन् ।

पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु विदेशिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका  थिए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको