भेनिसमा ‘दि रेड सुटकेस’ छनोट



काठमाडौं । ‘भेनिस चलचित्र महोत्सव’ को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’ छनोट भएको छ ।

महोत्सवअन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए ।

यसअघि सोही महोत्सवमा पुगेका दुई चलचित्र ‘कालो पोथी’ र ‘सेतो सूर्य’ मा निर्माता तथा छायाँकार विदेशी थिए । स्वदेशी निर्माण समूहकै कार्यकौशलमा प्रतिष्ठित महोत्सवमा पुग्ने ‘दि रेड सुटकेस’ पहिलो चलचित्र बनेको छ ।

निर्देशक देवकोटा स्वयंले लेखेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । इटालीको भेनिस सहरमा हुने महोत्सव आगामी अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेमन्त कान्छाको ‘जाउँ साइँली बेनी बजार’मा

काठमाडौँ । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत

फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ