नियम विपरित पोस्टर टाँसेको भन्दै ‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना



काठमाडौँ । काठमाडौं महानगरपालिकाले नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ ।

निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् । महानगरले पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरे वापत् जरिवाना गरेको जनाएको छ ।

सरोज खनालको अभिनयसमेत रहेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा छ । करिष्मा मानन्धर र प्रमिला कार्कीको मुख्य भूमिका रहेको चलचित्रले एकल महिलाको पुनर्विवाहको मुद्दा उठाएको छ । फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको