नवीन चौहानको निर्देशनमा ‘ऊनको स्वीटर’ निर्माण हुने



काठमाडौं । कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ) निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ ।

साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन चौहानले निर्देशन गर्दैछन् । उनकै लेखन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र अनिल सुब्बाले अभिनय गर्ने तय भएको छ ।

अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ लाई चलचित्रको स्वरूप दिन लागिएको निर्देशक चौहानले जानकारी दिए । उनले भने, “अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक चलचित्र बनाउन मेरो प्रयास रहनेछ ।”

अभिनेता कार्कीले यो चलचित्र सफल हुनेमा आफू आशावादी रहेको बताए । “यो समूहसँग बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । कामप्रति मलाई पूर्ण विश्वास छ । यो चलचित्रमा दर्शकले नयाँपन पाउनेमा विश्वस्त छु”, अभिनेता कार्कीले भने ।

अभिनेत्री मगरले आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । उनले भनिन्, “मलाई भनिएको पात्र सुन्दा नै गज्जब छ । यो अभिनेत्रीको सपनासमेत हो । छायाङ्कनलाई लिएर म उत्साहित र तयार छु ।”

चलचित्रमा सुजन चापागाईं र झुमा लिम्बूको सङ्गीत, कृष्ण भण्डारीको सम्पादन, चिन्तनराज भण्डारीको छायाङ्कन, कोविद बज्रको पाश्र्वसङ्गीत रहनेछ । यसको छायाङ्कन मङ्सिरदेखि सुरु गरिने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेमन्त कान्छाको ‘जाउँ साइँली बेनी बजार’मा

काठमाडौँ । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत

फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ