‘गुराँस’ ‘दी कार्लाेभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा प्रदर्शन हुने



 

काठमाडौं । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन हुने भएको छ । महोत्सव चेक रिपब्लिकमा जुलाई ५ मा हुनेछ ।

सो अवसरमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान र निर्देशक सौरभ राई महोत्सवमा सहभागी हुनेछन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागी हुन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिइन् ।

“महोत्सवमा पुगेर धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उनले भनिन्, “गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्छु ।” चलचित्र गुँरासमा उनले आमाको भूमिका निर्वाह गरेकी छन् ।  “चलचित्रमा आमाको भूमिका रोचक भएकाले गरेकी हुँ, एक महिना दार्जिलिङमा छायाङ्कन हुँदा पनि एकदमै रमाइलो भएको थियो”, उनले भनिन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राईले नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा छन् ।

लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेको चलचित्रको छायाङ्कन सुबल केआरले गरेका छन् भने निर्देशक राईसँगै अङ्किता पुरकायस्थले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र