विल्सन र अनुषाको ‘चोया छपनी’



काठमाडौं । विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ’चोया छपनी’ रिलिज गरिएको छ । इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो ।

विल्सन विक्रम राई अहिले अमेरिकामा छन् । उनी केहीदिनमा किरण नेपालीले निर्माण गर्ने सिनेमा ‘हात्तिछाप’को छायाँकनको लागि नेपाल आउँदैछन् । आइतबार सार्वजनिक म्युजिक भिडियोमा अभिनेता विल्सनकै शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा राजेन्द्र चोङ्गबाङ र सबिना योङ्गहाङ लिम्बुको स्वर सुन्न सकिन्छ ।

विश्व लिम्बुको पनि अभिनय रहेको गीतलाई विल्सन विक्रम राईले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा अशोक मण्डलको मेकअप, निपेश राईको प्रोडक्सन, कमल राईको कोरियोग्राफी, हेमन योञ्जनको छायांकन, मनोज कार्कीको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र