‘परस्त्री’ प्रदर्शनमा



काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए ।

“हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ”, उनले भने ।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, “विदेशी चलचित्रसमेत बिहीबार नै आउँदैछ । त्यसैले हामीले पनि यहीँ समय रोजेका हौँ ।”

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

बुधबार साँझ काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । “चलचित्रकर्मीले दिनुभएको प्रतिक्रियाले हामी उत्साहित भएका छौँ । अन्य दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छौँ”, लेखक खनालले भने । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र