‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकियो



काठमाडौं । भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो ।

उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए ।

“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।

यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टि व्यक्त गरेको छ । सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए ।

उनले भने, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यसविरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ ।”

काठमाडौँ महानगर पश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धराण, वीरगञ्जलगायतका सहरमासमेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र