‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिने



 

काठमाडौं । उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिने भएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ ।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री मास्केले गर्दैछिन् । यो उनको पहिलो नाटक हो ।

नाटकको अभ्यासमा व्यस्त अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताए । “नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । विशुद्ध अभिनय सिकिरहेकी छु”, उनले भनिन्, “दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्ने कुराले म उत्साहित छु । यो मेरो पहिलो अनुभव हुनेछ ।” नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराज लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र