‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरुवात गरिएको छ ।

निर्माण टिमले बिहीबार सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको काम सुरु भएको जानकारी दिएको हो । सार्वजनिक दुई पोस्टरमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये पहलो पोस्टरमा केही व्याक्तिहरुलाई घोडामा आइरहेका छन्, भने उनीहरुलाई रोक्न सिनेमाका मुख्य पात्रले तिर चलाइरहेको देख्न सकिन्छ ।

यस्तै, अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको लोकल गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगा फरक देखिएका छन् । अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिँदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ ।

सिनेमाका सार्वजनिक दुई पोस्टरले दर्शकमाझ सिनेमाप्रति कौतुहल्ता पैदा गर्ने देखिन्छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र