नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’



काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए ।

त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए । प्रतियोगितामा कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि थिए । प्रतियोगिताका लागि २०७७ सालमा प्रतिस्पर्धी छनोट भएका थिए । विजेताले विभिन्न पुरस्कार प्राप्त गरे । कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक गायिकाले नेपाल भाषाका गीत गाएका थिए ।

नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यासुन्दर शाक्य, गोपालकाजी कायस्थ, प्रकाश सायमी, पल्पसा डंगोल, विजयरत्न तुलाधर र यमन श्रेष्ठलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र