अर्जुन पोखरेलको ‘लैजा सन्देश’



काठमाडौं । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘लैजा सन्देश’ सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ । अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन् ।

संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ गीत भएको जानकारी गराए । पोखरेलले नै लेखेका शब्दले समीक्षाको वर्तमान जिन्दगीका केही भावनाको प्रतिनिधित्व गरेझैँ लाग्छ ।

गीतले एकतर्फी मायाको भावनालाई अभिव्यक्त गरेको छ । गीतको भिडियो सामान्य रुपमा बनाइएको छ । गीत रेकर्ड गरिएको समयमा खिचिएका फुटेजलाई नै भिडियोको रुप दिइएको छ ।

पछिल्लो समय भिडियोमा लाखौँ खर्च गरेका भन्दा यसरी नै रेकर्डिङ स्टुडियोमा गरिएका गीतले राम्रो दर्शक पाउन थालेका छन् । संगीतकार अर्जुन पोखरेलले पनि यही शैली अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता