मातृत्वलाई पर्दामा ल्याए पनि बुझाई बल्ल आयोः अभिनेत्री खनाल



काठमाडौं । चारवर्ष अगाडि अभिनेता विजय बरालसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री प्रमिला खनालले आमा बनेपछि त्यो पात्रको गहिराईलाई बुझेको बताएकी छन् ।

आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुक्काः एन एब्जर्ड ड्रिम’ बारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा उनले मातृत्वलाई पर्दामा ल्याए पनि बुझाई बल्ल आएको जानकारी दिइन् ।

वैशाखको पहिलो हप्ता आमा बनेकी अभिनेत्री खनालले चलचित्रको पात्रलाई अझै नजिकबाट महसुस गरेको बताइन् । “हामीले पर्दामा गरिरहेको अभिनयमा चाहिने ममता, धैर्यता र सङ्घर्षलाई महसुस गरे । सम्बन्ध विच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु”, अभिनेत्री खनालले भनिन् ।

चलचित्र ‘दबाब’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री खनालले सहायक चरित्रबाट मुख्य चरित्रमा आफूलाई प्रस्तुत गर्न गरेको सङ्घर्षलाई सम्झिइन् । अभिनेत्रीको फेरिएको परिभाषाले उनलाई अगाडि आउन मद्दत गरेको छ । “पहिला अभिनेत्री भन्ने वितिकै मानसपटलमा आउने चित्र अहिले फेरिएको छ । अहिले नामभन्दा पनि चरित्रलाई दर्शकले बुझ्न थाल्नुभएको छ । परिभाषा फेरिएसँगै धेरैले काम पाइरहनुभएको छ”, अभिनेत्री खनालले भनिन् ।

गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ सम्झिने अभिनेत्री खनालले वास्तविकता यो चलचित्रमा काम गरेपछि बुझिन् । उनले यसमा साहसी र निडर महिलाको भूमिका निर्वाह गरेकी छन् । शम्भु थापाको निर्देशन तयार भएको चलचित्रमा सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्