‘जारी’ ले गर्यो १५ करोडभन्दा बढीको व्यापार



काठमाडौं । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ ।
वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले  २५ लाख र ‘प्रसाद २’ ले ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् ।
यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको छ ।
नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे । “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ”, बोर्डका सदस्य अधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्