पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’



काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार आयोजित समारोहमा एल्वम सार्वजनिक गरेका हुन् ।

एल्वममा तिमी अर्कै भयौँ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका जीवन, प्रेम, आत्यात्मिक र देश दर्शनसँग सम्बन्धित सातवटा गीत समेटिएको छ ।

पूर्वप्रधानन्यायाधीद्वारा रचित गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

सो अवसरमा प्रमुख अतिथि एवं गीतकार श्रेष्ठका पिता कुलबहादुरले मानिस भएर जन्मिएपछि देशको सेवा र अरुको सम्मान गर्नुपर्छ भन्ने बुद्धि र विवेक सबैमा रहन जरुरी रहेको बताए ।

वरिष्ठ गीतकार यादव खरेलले गीत भनेको शब्द, सङ्गीत र गायनको संयोजन भएकाले त्रिवेणीमा जोडिएपछि कलकल बगेको नदीको पानीझैँ हुनुपर्ने बताए ।
प्रा डा कृष्णहरि बरालले नेपाली गीत–सङ्गीत र साहित्यिक विधामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ शक्तिशाली लेखक र लेखनमा निरन्तता भएको श्रष्टाकारूपमा स्थपित हुने विश्वास व्यक्त गरे ।

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले नेपालको गीत सङ्गीतका सागरमा प्रवेश गर्नुभएकामा पूर्वप्रधानन्यायाधीशलाई स्वागत गर्दै उनका गीतमा सिर्जनामा विविधतामात्र नभई नेपाली शब्द भण्डारलाई बलियो बनाएको बताए ।

गीतकार श्रेष्ठले गीत–सङ्गीतको नयाँ यात्रामा प्रवेश गरेकाले सिर्जनाका बारेमा आउने प्रतिक्रिया र सुझावलाई पूर्णरूपले सम्मान गर्ने बताए ।

उनले भने, “सङ्गीतको पवित्र धुनले वातावरण सुधार्न योगदान पुर्याउँछ, हामीले गरेका कर्मले समाजमा सिर्जनशीलता र आशाको सन्देश प्रवाह गर्नुपर्छ भन्ने लाग्छ ।” कार्यक्रममा सहभागी अन्य वक्ताहरूले उनका गीतले राष्ट्रियताप्रति इमान्दार हुन खबरदारी गरेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा