‘नम्बरी सुन’को दोस्रो पोष्टर सार्वजनिक



काठमाडौं । राजु गिरीको निर्देशन रहेको सिनेमा ‘नम्बरी सुन’को बिहीबार दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको पोस्टरमा मुख्य पात्र गौरव पहारी नम्रता सापकोटा,सरोज खनाल,बुद्धि तामाङ, राजाराम पौडेल किरण नेपाली फिचर्ड छन्। सिनेमा आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमा लाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

नम्बरी सुनमा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ।

बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर मनोरञ्जन श्रेष्ठको कलर करेक्सन रहेको छ । काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्