झलकमान लोक संगीत सम्मान बद्री पंगेनीलाई प्रदान गरिने



काठमाडौं । लोक गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मान प्रदान गरिने भएको छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो ।

लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारिता सम्मानका अतिरिक्त यो वर्षबाट झलकमान लोक संगीत सम्मानको विधा थप भएको आयोजक संस्थाले जनाएको छ ।

नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १३ औ संस्करण २२ वैशाखमा हुने फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र