कास्की र मुस्ताङमा ३० दिनमा सकियो ‘जय हो’ को छायांकन



काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पूर्ण छायाँकन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा सिनेमाको छायाँकन गरिएको हो ।

टेक पौरखी राईको निर्देशन गरेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् ।

सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटक ‘म्यारिज प्रपोजल’ मञ्चन हुँदै

काठमाडौ । आगामी जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण

‘मनसरा’ को नयाँ गीत ‘एक तार मनको’

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक गरिएको

‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’