‘ठिटो झापाको’मा आशिषसँग शनिशाको रोमान्स



काठमाडौं । गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परीसकेका कारण छाड्न नसक्ने बताउँछिन् ।

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो । गायक सचिनका ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

काठमाडौं । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ

अस्मिताको ‘दिलमा ठाउँ दियौ’ मा शिव र सिजलको अभिनय

काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै दुई नेपाली चलचित्र ‘नीरफूल’ र

‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक