कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस



काठमाडौं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ’मखमली’ सार्वजनिक भएको छ। द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको सङ्गीत रहेको छ।

रचनाकार चाम्लिङ नेपालकै सफल स्कुल/कलेज युनाइटेड एकेडेमीका सञ्चालक हुन्। उनी नेपाली परिवेश र भूगोललाई समावेश गर्ने शब्द रचना गर्ने गर्दछन्।

‘मखमली’ ले पनि त्यस्तै भाव बोकेको छ। प्रकृति प्रेम र जीवनसङ जोडिएका शब्द आकर्षक लेखिएका छन् भने सन्तोषको सङ्गीत र अस्मिताको स्वरले गीतमा प्राण भएको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ्ग बोमजोन गीतको भिडियोमा फिचर रहेका छन् ।

भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ। मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा रहेकी छिन्। भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पहराकी फूल’मा दयाहाङको अभिनय

काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ।

‘परेलीले’मा सिक्किम गर्ल सृजना र विकासको रोमान्स

काठमाडौँ । गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।

‘पशुपति प्रसाद २ः भष्मे डन’मा वर्षाको प्रवेश

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ः