सिके सिनेमाज् सञ्चालनमा



काठमाडौं । काठमाडौंको सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ ।

अध्यक्ष केसी भने, “सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, वर्तमान समयमा सिनेमा हलको माग गाउँसम्म विस्तार गर्न जरुरी छ । यसले चलचित्र क्षेत्रको विकासमा मद्दत पुर्याउँछ ।”

कार्यक्रममा प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा उद्घाटन गरिएको उक्त हल सबैको साझा सम्पति भएकाले यसलाई सभ्य ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा तीन सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सञ्चालक नरेन्द्र महर्जनले जानकारी दिए ।

दुई पर्दा रहेको सिके सिनेमाजमा आजदेखि नेपाली सिनेमा छड्के दुई र छक्का पञ्जा चार रिलिज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेलो गीत ‘ल्हासामा नम्बरी सुन छ’

काठमाडौं । शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत

‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका

नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ।

‘सम्झनामा तारादेवी’

काठमाडौं ।  नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै