भिटेनको ‘छड्के खालास’



काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ ।

हिप–हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ । निगम श्रेष्ठको लेखन र निर्माण रहेको सिनेमाले देशको प्राकृतिक स्रोत हत्याउन संघर्षरत तीन ग्याङ्को कथा भन्छ ।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङ्को प्रतिनिधित्व गर्छन् । उनी सिनेमामा मेनडगको भूमिकामा छन् ।

१० वर्ष अगाडिको चर्चित सिनेमा ‘छड्के’को सिरिज र अनमोलको अभिनय भएकाले यो सिनेमा दर्शक माझ प्रतिक्षित छ । सिनेमाले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने आशा गरिएको छ । सिनेमा फागुन १९ देखि नेपाल प्रदर्शनभर आउँदैछ ।

ट्रेलर र टिजरले सिनेमाको हाइप निर्माण गरेका छन् । सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित सिनेमाको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता