‘परस्त्री’ को प्रदर्शन मिति सर्यो



काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति सरेको छ । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो चलचित्र अब आगामी वर्षको असार १५ मा रिलिज हुने भएको हो ।

यसअघि यो फिल्म यही फागुन १९ मा रिलिज हुने भएको थियो । प्राविधिक काम नसकिएको भन्दै निर्माण टिमले रिलिज मिति सारेको हो ।

यो चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको चलचित्र काठमाडौं र मुस्ताङमा छायाँकन गरिएको हो। निरज पाण्डेले फिल्मको छायाँकन गरेका हुन् ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा दिपेन्द्र के खनाल र शर्मिला पाण्डेले लगानी गरेका छन् । यसको कथा पनि दिपेन्द्र के खनालले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’

काठमाडौँ । अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका

रेशम निर्दोष र र सीता परियारको ‘ढल्यो लाँकुरी’

काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

काठमाडौं । ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ