‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको दुई साताअघि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई स्थान दिइएको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपक र दीपासँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, सविन बास्तोला, बेनिशा हमाल लगायतको अभिनय छ ।

दीपकराज गिरीकै कथा एवं लेखन रहेको फिल्म राजनीतिक विषयवस्तुमा निर्माण भएको हो । दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार प्रसाद घिमिरे छन् । चलचित्र फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका

नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ।

‘सम्झनामा तारादेवी’

काठमाडौं ।  नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै

सांगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस