श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै ‘नम्बरी सुन’को छायांकन सुरु



काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायाँकन थालिएको छ । शुक्रबार सिनेमाको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो ।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने सिनेमामा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछाने नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य सहायक निर्देशनमा जिबन गौतम रहेका छ्न भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा