नेपथ्यले नचायो काठमाडौं



काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंमा नेपथ्यले कन्सर्ट आयोजना गरेको छ। भृकुटीमण्डपमा भएको कन्सर्टमा नेपथ्यले आफ्नो सदाबहार गीत प्रस्तुत गरेको थियो ।

मंसिर १६ गतेदेखि विराटनगरबाट सुरु गरिएको सांगीतिक कार्यक्रम वीरगन्ज, हेटौँडा, नारायणघाट, नेपालगन्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा हुँदै शनिबार काठमाडौंको कन्सर्ट अन्तिम हो ।

कन्सर्टमा गायक अमृत गुरुङले आफ्नो ब्यान्डका लोकप्रिय गीत गाएर उपस्थित स्रोता–दर्शकलाई नचाएका थिए । गायक गुरुङले लगातार दुई घण्टा सांगीतिक प्रस्तुति दिएका थिए ।

कन्सर्टमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत विशिष्ट व्यक्ति पनि उपस्थित थिए ।

मानव सेवा आश्रमले घरपरिवारबाट अपहेलित बनेका असहाय तथा बेसहारा मानिसलाई आश्रममा आश्रय दिइरहेको छ । मानव सेवा आश्रमले १९ जिल्लाका २३ आश्रमबाट मानव सेवाको कार्य गरिरहेको छ ।

नेपथ्यसँग सहकार्य गरेको सांगीतिक कार्यक्रमबाट संकलित रकमले आश्रमका भवन निर्माण र असहायहरूको स्वास्थ्योपचारका लागि आपत्कालीन कोष बनाइने आश्रमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक