अनमोल केसी स्टारर सिनेमा ‘छड्के-२’को नयाँ पोस्टर सार्वजनिक



काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘छड्के- २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।

फस्टलुक रिलिज भएसंगै चर्चामा रहेको सिनेमाको नयाँ पोस्टरले दर्शकको ध्यान तान्न सफल हुने विश्वास निर्माण पक्षको छ । ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ ।

नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन् । अनमोललाई आफ्नो समूहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै