‘आकाशे खेती’ युट्युब ट्रेण्डिङ्गमा



काठमाडौं । चलचित्र ‘आकाशे खेती’ यु ट्युबमा सार्वजनिक गरिएको छ । उदय सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई(तक्मे बुढा), बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।

एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मलाई केदार उप्रेती, जीवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रमा बिक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ ।

चलचित्र यतिबेला यु ट्युब ट्रेण्डिङ्ग नम्बर वनमा छ। ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत तीनदिन अघि सार्वजनिक फिल्मले झन्डै एक मिलियन भ्युज पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका

चैत २४ देखि ‘बहाव’ प्रदर्शनमा आउने

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘बहाव’ यही चैत २४

विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी

राजनराज शिवाकोटी र मिलन नेवारको ‘मार्सी धान’

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार