खुस्बु र प्रिन्सको ‘यही कुरा साँचो हो’



काठमाडौं । रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ ।

यसै साता काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्मा फिचर्ड भएका छन् । उनीहरू दुईको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा राम कुमार केसीको छायाङ्कन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियो रबि ओडको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा