यस्तो छ ‘फूलबारी’को टिजर



काठमाडौं । निर्देशक रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् ।

विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् । ब्याकग्राउण्डमा बज्ने सुरिलो संगीतले सिनेमाको कथासार भन्ने प्रयास गरेको छ । सिनेमामा विपिन र अरुणासंगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायाँकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा÷अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

आगामी फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । सिनेमा यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो । यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा