‘चार घण्टा कुरेको, फकाउनै जानिनँ’(भिडियोसहित)



काठमाडौं । प्रविण झाद्वारा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चार घण्टा कुरेको ‘फकाउनै जानिनँ’ बोलको लोकलयको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी छमछमी नाच्दै देखिएका छन् । गीतमा उनीहरुको केमेस्ट्री जमेको छ । निर्माताले गीतको भिडियोमाथि पैसाको खोलो बगाएका छन् ।

सेटअप, लाइटिङ, पहिरन र कोरस डान्सरमा ठूलो खर्च भएको देखिन्छ । गीतको अडियो र भिडियो दुवै पक्ष बलियो छ । आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई महेश आर गुप्ताले छायाँकन गरेका हुन् ।

चलचित्रका निर्माता रामप्रसाद रिजाल हुन् । उनले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ बनाइसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय रहेको छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।

विपीका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटक ‘म्यारिज प्रपोजल’ मञ्चन हुँदै

काठमाडौ । आगामी जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण

‘मनसरा’ को नयाँ गीत ‘एक तार मनको’

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक गरिएको

‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’