फिल्म ‘जय हो’ निर्माण हुने



काठमाडौं । फिल्म जय हो निर्माण घोषणा गरिएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्म तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । निर्माण टिमका अनुसार फिल्ममा सलोन बस्नेत फाइनल भएका छन् भने अर्को एक अभिनेता र अभिनेतृ पनि रहने छन् ।

निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भैरहेको छ । हालसम्म फिल्मको निर्देशक पनि फाइनल गरिएको छैन । सुरेश न्यौपानेले कथा लेखिरहेको फिल्ममा पछिल्लो समयका चर्चित निर्देशकनै लिने सोच निर्माण टिमको छ ।

फिल्मलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्नेछन् । उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

एक्सन लभस्टोरी कथामा निर्माण हुने फिल्मको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहनेछ। अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ ।

फिल्म काठमाडौं, पोखरा र मुस्ताङमा छायाँकन गरिनेछ । नेपालको छायाँकन सकिएपछि फिल्मको केही प्रतिशत छायाँकन अष्ट्रेलियामा पनि गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ