‘कौसिद’ पुस १५ गतेबाट प्रदर्शनमा आउने



काठमाडौं । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् ।

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको बास्तबिकता चित्रण गरेको छ। चलचित्रको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ। केही समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र विविध प्राविधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको