प्रताप र दुर्गाको ‘यसपाली त जसरी म माइत जाने’



काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’ को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन् । संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।

अहिलेका व्यस्त मोडेल/कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाइन्छ।

फराज अर्पनको छायाँकन,सन्तोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन् भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

सुशीला रेग्मी, रामपुर (पाल्पा) । ‘हो हो हो………..चौँध भुवन सृष्टि जो गर्न आए

यस्तो छ ‘झिँगे दाउ’को ट्रेलर

काठमाडौं । भिमनिधि तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर तयार पारिएको चलचित्र

कृष्ण मल्ल फिल्म सोसाइटीको पुनः अध्यक्ष चयन

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः चयन

प्रताप दास र सरिता भारतीको ‘तिम्रो मायाले न हो’

काठमाडौँ। कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले