‘आगो बिना बिँडी जल्दैन’



काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको सिनेमा ‘झिँगेदाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बेडवालको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका चार मुख्य कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट नृत्य गरेका छन् । गीतको अडियो उत्कृष्ट बनेको छ । तर, अडियोअनुसार लोकेशन र कोरियोग्राफीमा भिडियो औषत देखिन्छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायाँकन रहेकको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।

निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा केकी र आँचलले जेठानी–देवरानीको भूमिकामा अभिनय गरेका छन् । उनीहरुले पहिलो पटक एकसाथ सिनेमामा काम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को